सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

pakrau

झापा । झापा जिल्लाको कन्काई नगरपालिका ४ स्थित एक घरबाट असार ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको करीव ३८ क्यूफिट सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने ३५ वर्षिय सविन राई र ३६ वर्षिय राजु शिवाकोटी छन् ।

उनीहरुले उक्त काठ अवैध रुपले ल्याई चिरान गर्दै गरिरहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले सो काठसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);