मोटरसाइकल दुर्घटनामा परी इलामका वडा सदस्यको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा परी इलामका वडा सदस्यको मृत्यु

इलाम । इलामका एक वडा सदस्यको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–४ का वडा सदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्डअन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो ।

बुधबार दिउँसो मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३६वर्षीय राईको झापाको विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);