भाइरल बन्यो मान्छेको अनुहारसँग मिल्ने बिरालोको तस्बिर, वास्तविकता यस्तो | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

काठमाडौँ । आजकाल सोसल मिडियामा मानव अनुहार भएको बिरालोको फोटो भाइरल भइरहेको छ। दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको छ जसको अनुहारको बनावट मानिसको जस्तै छ र यसलाई एक ल्याबमा राखिएको छ। यस्तै, स्थानीय पुलिसले यस्तो कुनै पनि दाबीलाई झुटो बताएको छ।

आफूहरुलाई यस्तो कुनै पनि बिरालो जन्मिएको खबर नआएको पुलिसले बताएको छ। यद्यपी, सोसल मिडियामा भाइरल भइरहेको यो फोटोपछि एक पटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सुरु भएको छ।

फोटोमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ भने कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ। यस्तै पुलिसको अनुमान अनुसार यो फोटो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्छ। उक्त फोटोलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाएको पुलिसको दाबी छ।

ताजा समाचार