मर्‍यो अर्बपति ग्रम्पी बिरालो, कति थियो सम्पत्ति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

मर्‍यो अर्बपति ग्रम्पी बिरालो, कति थियो सम्पत्ति ?

cat

काठमाडौं, ७ जेठ । इन्टरनेट दुनियाको अत्यन्तै लोकप्रिय तथा चर्चित एउटा बिरालोको मृत्यु भएको छ । ग्रम्पी नामक उक्त बिरालो यति धेरै चर्चित थियो कि फेसबुकमा उसका ८५ लाख फलोअर्स थिए । त्यस्तै उसको इन्स्टाग्राममा २५ लाख र ट्वीटरमा १५ लाखभन्दा धेरै फलोअर्स थिए ।

अमेरिकाको एरिजोनामा बस्ने ग्रम्पी क्याटको मे १४ का दिन सात वर्षको उमेरमा मृत्यु भएको हो । बिरालो मालिकले सोसल मिडियामार्फत त्यसको पुष्टि गरेका छन् ।

ग्रम्पीका मालिकले ट्वीटरमा लेखेका छन्, ‘हामी हाम्रो प्यारो बिरालोको निधनको घोषणा गर्दा निकै दुःखी छौँ ।’

यो चर्चित बिरालोको तस्वीर इन्टरनेटमा कमेन्ट्स तथा मेमका लागि समेत निकै धेरै प्रयोग हुने गरेको छ । स्टेन ली तथा जेनिफर लोपेज लगायतका कैयन् चर्चित सेलिब्रेटीसँग पनि यो बिरालोले धेरै पटक तस्वीर खिचिसकेको छ ।

पहिलोपटक सन् २०१२ मा एक युट्युब भिडियोका कारण ग्रम्पी क्याट लोकपि्रय बनेको थियो । सन् २०१२ मा ग्रम्पीको भिडियोलाई डेढ करोड भन्दा धेरै मानिसले हेरेका थिए ।

यो बिरालोको कारण त्यसका मालिक तबाथा बुन्दसेन अरबौँ रुपैयाँका मालिक भएका छन् । यो बिरालोको खास नाम टर्डर सस थियो, तर पछि ‘ग्रम्पी क्याट’को रुपमा लोकपि्रय बन्यो ।

यो बिरालो आफैंमा अर्बपति छ र त्यसको सम्पत्ति ११ अर्ब रुपैयाँभन्दा धेरै रहेको बताइन्छ ।

ग्रम्पी क्याटको मृत्युका विषयमा उसका फ्यानहरुले इन्टरनेटमा श्रद्धाञ्जली प्रकट गरिरहेका छन् । शरीरमा संक्रमणका कारण उसको मृत्यु भएको बताइएको छ ।

– एजेन्सी