यस्तो दुर्लभ 'ब्लड ग्रुप', ५६ वर्षयता विश्वभर जम्मा ४३ जनामात्रै भेट्टिए ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

लन्डन, ९ कार्तिक । विश्वमा एउटा यस्तो रक्त समूह छ, जसको बारेमा हामी कमलाई धेरैलाई जानकारी छैन। ५६ वर्ष यता गरिएको अध्ययनमा उक्त रक्त समूहका मानिस विश्वमै जम्मा ४३ जनामात्र फेला परेका छन्।

सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ। यिनै वर्गका पोजेटिभ र नेगेटिभ रक्त समूहमा मानिसको रगत वर्गीकरण गरिएको हुन्छ। RH–null नाम गरेको सो ब्लड ग्रुपलाई ‘गोल्डेन’ पनि भनिन्छ।

यो ब्लड ग्रुपका मानिसले जुनसूकै ब्लड ग्रुप भएका मानिसलाई रक्तदान गर्न सक्छन्। अर्थात्, यो ब्लड ग्रुप जुनसूकै मानिसका लागि उपयोगी हुन्छ तर यो ग्रुपका मानिसलाई भने अन्य ब्लड ग्रुप भने कामै लाग्दैन। त्यसैले पनि यो रक्त समूहका मानिसले जीवनमा निकै सावधानी अपनाउनु पर्छ। एजेन्सी