‘पुरुष’को अनुहारवाला पर्स भयो भाइरल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘पुरुष’को अनुहारवाला पर्स भयो भाइरल

mouth purse

एजेन्सी, २६ जेठ । के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ ।

ट्वीटरमा एकजना प्रयोगकर्ताले यो अनौठो पर्सको भिडियो शेयर गरेपछि त्यो भाइरल बनेको छ ।

५४ सेकेण्डको उक्त भिडियो अहिलेसम्म झण्डै डेढ करोडले हेरिसकेका छन् । उक्त भिडियोमा देखिएको पर्स कुनै पुरुषको दाह्रीयुक्त अनुहारसँग मिल्दछ ।

दाँत, गुलाबी गिँजाहरु तथा जिब्रो प्रष्टै देखिन्छ त्यो पर्समा देखिन्छ । भिडियो भाइरल भएसँगै यो पर्सका बारेमा अनेक प्रकारका टिप्पणी पनि आइरहेका छन् ।

धेरै जनाले यस्तो पर्स देख्दा आफुलाई निकै असहज महसुस हुनुका साथै बेचैन भएको समेत उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);