एक नर्सबाट ८५ बिरामीको हत्या, यसरी खुल्यो अपराध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक नर्सबाट ८५ बिरामीको हत्या, यसरी खुल्यो अपराध

boy_Nurse

एजेन्सी, ३० जेठ । घटना जर्मनीको हो । त्यहाँ एकजना पुरुष नर्सले ८५ जना बिरामी मानिसको हत्या गरेको खुलासा भएको छ । यो घटना सार्वजनिक भएसँगै तहल्का मच्चिएको छ त्यहाँ । ती खुंखार हत्यारा पुरुष नर्सलाई आजीवन कैदको सजाय भएको छ । ती भयानक अपराधीको नाम निल्स होगले हो । उनको अपराध मानवीय कल्पनाभन्दा पनि टाढाको रहेको न्यायाधीश सेबेस्टियन बुर्हम्यानले बताए ।

सन् २००० देखि २००५ को बीचमा निल्सले अस्पतालमा विषाक्त सुई लगाइदिएर ८५ जना विरामीको हत्या गरेका थिए । उनीमाथि हत्याका अन्य ६ वटा घटनामा यसअघि नै जन्मकैद भैसकेको थियो । पछिल्लो पटक थप ८० जना विरामीको हत्या गरेको समेत पुष्टि भएपछि उनी विरुद्धको सजायँ खप्टिएको छ ।

उनको अपराध प्रमाणित गर्नका लागि अन्त्येष्टि गरिसकिएका १ सय ८० वटा लासलाई उत्खनन गरी परीक्षण गरिएको थियो ।

उनले अझै धेरै व्यक्तिको ज्यान लिएको हुनसक्ने र त्यो संख्या २ सय भन्दा धेरै हुनसक्ने आशंका पुलिसको छ । ती व्यक्ति अहिले मानसिक स्थिति बिग्रिएको अवस्थामा छन् । सन् २००५ मा एक विरामीलाई विषालु सुइ दिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);