२४ घण्टामा ४ हजार १७ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

२४ घण्टामा ४ हजार १७ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ४ हजार १७ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार १ सय ३० पीसीआर परीक्षणमध्ये १ हजार ८ सय ५७ संक्रमित र ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षणबाट ९ सय ३ संक्रमित गरी जम्मा २ हजार ७ सय ६० मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार १ सय ४५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);