स्वास्थ्य मन्त्रालयलाई ६५ थान बाईप्याप भेन्टीलेटर हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वास्थ्य मन्त्रालयलाई ६५ थान बाईप्याप भेन्टीलेटर हस्तान्तरण

काठमाडौं । सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड–१९ का बिरामीहरुका लागि आवश्यक पर्ने बाईप्याप भेन्टीलेटर हस्तान्तरण गरेको छ ।

वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले कोभिड – १९ को विरामीको उपचारका लागि आवश्यक पर्ने ६५ थान बाईप्याप भेन्टीलेटर बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

जनउद्धार केन्द्रको सद्भावना दूतको रुपमा रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बाईप्याप भेन्टीलेटर हस्तान्तरण गरे । उनले विदेशबाट संकलन गरी पठाइने कतिपय सामग्रीहरु पीडित र लक्षित वर्गसम्म पुग्ने नगरेको र कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने पनि थाहा नपाइने गरेको बताए ।

यो स्वास्थ्य सामग्री राज्यलाई अभिभावक ठानेर राज्य मार्फत् नै आवश्यक ठाउँमा पुगेर सदुपयोग हुने विश्वासका साथ मन्त्रालयलाई दिइएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले उपलब्ध बाईप्याप भेन्टीलेटर जिल्ला अस्पतालहरुमा पनि प्रयोग गर्न सकिने बताए । आवश्यक ठाउँहरुमा तुरुन्त पठाइने उनले जानकारी दिए ।

बाईप्यापमा अक्सिजन खपत पनि कम हुने उल्लेख गर्दै पाखरेलले यसको आवश्यकता रहेको जिकिर गरे । कोभिड महामारी बाहेक अन्य अवस्थामा पनि यसले काम गर्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);