संयुक्त विधार्थी संगठनद्धारा बानेश्वरमा पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

संयुक्त विधार्थी संगठनद्धारा बानेश्वरमा पुत्ला दहन

काठमाडौं। विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् । त्यस्तै उता जनुकपुरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिँदै संयुक्त विद्यार्थी सङ्गठनले पुत्ला दहन गरेका छन् ।

रेल्वे स्टेसनबाट निस्केको संयुक्त विद्यार्थी सङ्गठनले नगर प्रदर्शन गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । सयुक्त विधार्थी संगठनले आज देशभर प्रदर्शन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);