एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ९८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १७ लाख ४५ हजार ८ सय ९ पीसीआर परीक्षणमध्ये ४८ हजार ६ सय ९८ मा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको कुल संख्या तीन करोड १ लाख ८३ हजार १ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा एक हजार १ सय ८३ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म तीन लाख ९४ हजार ४ सय ९३ संक्रमितको मृत्यु भईसकेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ६४ हजार ८ सय १८ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९१ लाख ९३ हजार ८५ पुगेको छ ।
भारतमा हाल पाँच लाख ९५ हजार ५ सय ६५ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३२ करोड १७ लाख ६० हजार नाघिसकेको छ ।