विमलेन्द्र, शशांक र सिंहबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

विमलेन्द्र, शशांक र सिंहबीच छलफल

काठमाडौं । नेपाली काँग्रेसका तीन नेताले १४ औं महाधिवेशनका लागि नयाँ समीकरण निर्माणका लागि छलफल जारी राखेका छन् । कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाकं कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अहिले पनि महाराजगञ्जस्थित महामन्त्री कोइरालाको निवासमा छलफल भईरहेको छ ।

गएको सोमबार पनि यी तीन नेताहरुबीच छलफल भएको थियो । यी तीन नेताले आफ्नो समीकरण बनाई महाधिवेशनमा सभापति पदमा विजयी हुने विषयमा छलफल भईरहेको बताइएको छ ।

उपसभापति निधिले आफू सभापति पदमा उठ्ने र देउवालाई समर्थन गर्न आग्रह गरेका थिए । तर देउवा आफै सभापति पदका लागि उम्मेद्वारी दिने निर्णय गरेपछि निधिले कोइराला र सिंहसँग समीकरण बनाउन खोजेका हुन् । यता, कोइराला र सिंह पनि आफू उम्मेद्वार बन्ने दाबी गर्दै आईरहेका छन् ।

त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आज आफू पक्षीय नेताहरुलाई बैठक डाकेका छन् । कांग्रेसले १४ औं महाधिवेशनका लागि भदौ १६ देखि १९ गतेसम्म मिति तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);