वीरगञ्ज, ३ कार्तिक । म १ क ७२२ नम्बरको यात्रु बस भेरी किनारमा खस्दा एक जनाको मृत्यु भएको छ ।
सिम्दा गाउँपालिका बाट छुटेको यात्रुबस सडकबाट करिब सय मिटर तल खस्दा अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
बसमा सवार अन्य २० जनाका सामान्य घाइते भएको र उपचारका लागि विरगञ्ज पठाइएको प्रहरीले बताएको छ ।