बारा । बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशत भन्दा बढीमा कोरोना देखिएसँगै उच्च जोखिममा रहेको हो । कोरोनाको उच्च जोखिम देखिएसँगै नगरपालिकाले कोरोना भाईरस विरुद्धको खोप खरिद गर्ने लगायतका प्रक्रिया अघि बढाएर महामारीविरुद्ध लड्न अग्रसरता देखाएका छन् ।