नागरिकको जिवन रक्षाका लागि एक इन्च पछि हट्ने छैन : स्वास्थ्यमन्त्री तामाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नागरिकको जिवन रक्षाका लागि एक इन्च पछि हट्ने छैन : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्न लागेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न सरकारले तयारी गरेको जानकारी दिएका हुन् ।मन्त्री तामाङले आफू मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षानै मुख्य प्राथमिकता रहेकाले नागरिकको जिवन रक्षाका लागि एक इन्च पनि पछि नहट्ने उल्लेख गरे ।

त्यस्तै मन्त्री तामाङले कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल गरिरहेको समेत जानकारी दिएका छन् । त्यस्तै मन्त्री तामाङले आजै आफ्नो सम्पति विवरण समेत सार्वजनि गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);