आयरल्याण्ड र डेनमार्कद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आयरल्याण्ड र डेनमार्कद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ। आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना जोखिन न्युनिकरण लागि भन्दै आयरल्याण्ड र डेनमार्कले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका छन् ।

सहयोग गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगाएत छन् । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री तामाङले प्रभावित क्षेत्रमा उचित प्रयोग बताएका छन् ।

नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सवैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न समेत मन्त्री तामाङले आग्रह गरेका छन् । युरोपेली युनिएनको कार्यक्रम अन्तर्गत यसअघि पनि बिभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दे आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);