दाङमा पासोमा परेको एक हुँडारको २ घण्टा पछि उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमा पासोमा परेको एक हुँडारको २ घण्टा पछि उद्दार

दाङ । दाङको देउखुरीमा सिकारीले थापेको पासोमा फसेका एक हुँडार हड्डी बाघको शुक्रवार २ घण्टा लगाएर उद्दार गरिएको छ । अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ अर्जुन खोलाको ढिकमा सो हुँडार पासोमा परेकोे थियो ।

हुँडारको नेपाल आर्मी, डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो । सुरक्षाकर्मीको ब्यारेक नजिकै शुक्रवार बिहान ३ बजे तिरको समयमा पासोमा परेको हुँडार कराएको सुनेपछि नेपाल आर्मीले वन कार्यालयमा जानकारी गराएर हुँडारको उद्दार गरिएको नेपाली सेनानी मनोज थापाले बताए ।

पासोमा हुँडार परेको खबर पाए लगत्तै घटनास्थल पुगेका वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनालले अन्य वन्यजन्तुका लागि सिकारीले थापेको पासोमा हुँडार परेको बताए । बँदेल, राते, चित्तल लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पैलाएर पासो थापेको खनालले बताए ।

अजम्बरी सामुदायिक वन क्षेत्रमा बाक्लो जङ्गल भएका कारण त्यस क्षेत्रमा विभिन्न खालका वन्यजन्तु पाइन्छन् । दाङसँगै सटेको बाँके राष्ट्रिय निकुञ्जबाट पनि अजम्बरी सामुदायिक वनमा थुप्रै वन्यजन्तु आउने गरेको वनका अध्यक्ष पवन शर्मा रिजालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);