खाद्य र साल्ट ट्रेडिङ कर्पोरेशनले केहि बस्तुमा २० प्रतिशत छुट दिने | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

खाद्य र साल्ट ट्रेडिङ कर्पोरेशनले केहि बस्तुमा २० प्रतिशत छुट दिने

काठमाडौँ। सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले केही खाद्य वस्तुमा छुट दिने जनाएका छन्। निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने भएको हो ।

खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पोरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्दा उक्त छुट पाइने व्यवस्था गरिएको थियो ।दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा उक्त छुट पाइनेछ ।

तर छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।

Leave a Reply

ताजा समाचार