युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्लारियलले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्लारियलले उचाल्यो

एजेन्सी। युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब भिल्लारियलले उचालेको छ ।

बुधबार राति भएको फाइनलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो ।

निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । भिल्लारियलका लागि २९ औँ मिनेटमा मोरेनो तथा म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरेका थिए । दुवै तर्फबाट थप गोल हुन नसकेपछि भएको टाइब्रेकरमा भिल्लारियल ११–१० ले विजयी भयो ।

भिल्लारियलको इतिहासमा उसले पहिलोपटक प्रमुख उपाधि उचालेको हो ।

Leave a Reply