काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । उपत्यकामा उपलब्ध सदस्यहरुलाई बैठकमा बोलाइएको माओवादी केन्द्रका सांसद पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाउने बारे निर्णय अनुमोदन गराउने बताइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा भित्रै बहुमतको सरकारमा दाबी गर्ने सहमति भएको छ ।
आइ.एन.ए