कांग्रेस पदाधिकारी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा जारी रहेको छ ।

देउवा निवास बुढानिलकण्ठमा केही बेर अघि बैठक सुरु भएको हो । बैठकमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको सहभागिता रहेको छ ।

संयुक्त सरकार गठनको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । त्यस अघि उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । ठाकुरले सरकार गठन प्रक्रियामा समर्थन गर्न नसकिने बताएका थिए ।

बैठकमा सरकार गठनका लागि हालसम्म भएको प्रगगिको बारेमा देउवाले ब्रिफिङ गर्ने छन् । बैठकले अब बनाउने रणनीति समेत तय गर्ने छ ।

संयुक्त सरकार गठनको लागि कांग्रेसले नेतृत्व गरिरहेको छ । तर आवश्यक संख्या पु¥याउन नसक्दा कांग्रेसलाई संकट परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);