प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं, ३२ साउन । प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागीता रहेको छ ।

 

आजको बैठक निर्वाचनको विषयमा केन्द्रीत रहेको बुझिएको छ । प्रदेश सभा र केन्द्रीय ससंसदको निर्वाचनका बारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज बैठक डाकेका हुन् ।

 

यस अघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनको बारेमा छलफल गरेका थिए । प्रदेशसभा र प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ वा सकिँदैन भनी प्रधानमन्त्रीले आयोगका पदाधिकारी समक्ष चासो व्यक्त गरेका थिए।

 

सो छलफलमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा दुईवटै निर्वाचन एकै पटकमा सञ्चालन गर्न कठिनाइ हुने जानकारी गराएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);