चौरमा माटो सम्माउने क्रममा सकेट बम फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चौरमा माटो सम्माउने क्रममा सकेट बम फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पाडाँडामा रहेको क्याम्पाचौरमा सकेट बम फेला परेको छ । अहिले उक्त स्थानमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको टोली पुगिसकेको जनाइएको छ।

हाल क्याम्पाचौरमा पिप्ले युवा क्लबको अगुवाईमा मिनि रंगशाला बनाउने कार्य भईरहेको छ । चौरमा माटो सम्माउने क्रममा उक्त बम भेटिएपछि पिप्ले क्लबका प्रतिनिधिले वडा प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोज गर्ने तयारी भईरहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी गराए ।

उक्त स्थानमा २०६१ सालमा तत्कालीन माओवादी जनमुक्ती सेना र प्रहरीसँग दोहोर भिडन्त भएको थियो। अन्दाजी ६ इन्च लामो उक्त बम खिँया लागेको अवस्थामा फेला परेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);