एजेन्सी । पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका ११ जनाको मृत्यु भएको बताइएको छ ।
गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी र दुई राष्ट्रिय गुप्तचर अधिकारीको मृत्यु भएको हो ।
उक्त झडपमा चार जना तालिबानी विद्रोही सुमेत मारिएको अफगानी सुरक्षा निकायले जनाएको छ । छिमेकी लोगर राज्यको प्रान्तीय राजधानी पुल–ए–आलमको क्षेत्रीय प्रहरी कार्यालय नजिक सशस्त्र लडाकूहरूले चौकीमा आक्रमण गरेपछि सुरक्षा अधिकारीको मृत्यु भएको हो ।
यसबाहेक, बिहीबार बिहान उत्तरी कज्दूद प्रान्तको राजधानी, कुन्दूज शहरमा भएको बम आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् भने केही गाडी तथा भौतिक संरचनामा समेत क्षति भएको छ ।
संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन नेटो सेनाले देश छोडेर जाने क्रममा आक्रमणहरु भएका हुन् ।