वसन्तपुरमा ५०४ कन्याको पूजा | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

वसन्तपुरमा ५०४ कन्याको पूजा

२०८१,५,३१

काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्याको पूजा गरिएको हो। नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्रजात्रा सुरु भएसँगै वसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा हो।

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ। कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ।

 

 

 

Leave a Reply