काठमाडौं । नेपाली बजारमा मंगलबार सुन एक सय रुपैँयाले सस्तिएको छ ।
सोमबार ९१ हजार ३ रुपैँयामा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन चाँदी दुबैको मूल्य स्थिर रहेको थियो ।
आज चाँदीको मूल्यमा भने ५ रुपैँयाले महंगो भएको छ । सोमबार एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार ३ सय १५ रुपैँया निर्धारण गरिएको छ ।