प्रधानमन्त्री ओली सामू कोरोना जित्ने अग्निपरीक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री ओली सामू कोरोना जित्ने अग्निपरीक्षा

मनिषा महर्जन
काठमाडौं ।
कोरोना महामारीको दोश्रो लहरले भारतमा भयावह बनेको खबरहरु पढ्दा पढ्दै नेपाल पनि सोही अवस्था पुग्ने लक्षण देखिन थालेको छ । विशेष गरी भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमण तिब्र बनेको छ । त्यसमा काठमाडौं उपत्यका र बाँके कोरोनाको ‘हटस्पट’ नै बनेको छ । दैनिक देशभर संक्रमित संख्याको करिव ५० प्रतिशत काठमाडौं उपत्यकामा मात्रै भेटिन थालेको छ भने बाँकेमा भने दैनिक मृत्यु हुनेको संख्या उच्च हुँदै गईरहेको छ ।

बाँकेमा पछिल्लो केही दिन यता हरेक दिन ५ भन्दा बढी संक्रमितको मृत्यु भईरहेको छ । यस्तो अवस्था सिर्जना भईसके पछि मात्र त्यहाँका स्थानीय निकायहरुको आखाँ खुल्न थालेको छ । अहिले बल्ल बाँकेका स्थानीय निकायहरु अक्सिजनसहितका अस्थायी आइसोलेशन सेन्टर निर्माणमा जुटेका छन् । यो कुराले सबैको मनमा के जिज्ञाशा सिर्जना गरेको छ भने सायद ती स्थानीय निकायहरुले यो कदम केही साता अघि मात्र चालेको भए बाँकेको मृत्युदर अहिले जति नै हुन्थ्यो होला?

यही अवस्था अहिले समग्र देश कै छ । अहिले एकातिर सरकार अन्य कामकाज मै व्यस्त छ भने अर्कोतिर प्रतिपक्षी दलहरु सरकार ढाल्नेमा नै केन्द्रीत छन् । अहिलेको अवस्थामा सत्तापक्ष बरालिए पनि प्रतिपक्षीले सरकारलाई ‘ट्रयाक’मा ल्याउनु पर्ने हो । तर प्रतिपक्षी अहिले कोरोनाको महामारी बिर्सेर, जनतालाई बिर्सेर, जनताको पीडालाई बिर्सेर सरकार ढाल्ने र आफू कसरी सरकारमा जाने भन्नेमा केन्द्रीत छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पनि हालसम्म कुनै प्रभावकारी निर्णय तथा कार्यहरु गरेको देखिँदैन । सरकारले आजमात्र मन्त्रिपरिषद्को बैठक बोलाएको छ । बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका विषय छलफल हुने बताइएको छ । बैठकले कस्तो निर्णय गर्ला त्यो त कुर्नै पर्छ ।

सरकारले कोरोना कहरको एक वर्षको अवधिबाट पनि कुनै पाठ सिक्न नसकेको जनगुनासो बढीरहेको छ । गएको वर्षमा बढेको कोरोनाको पहिलो लहरमा भएका कमजोरीहरुलाई सरकारले दोश्रो लहरमा पनि दोहो¥याई रहेको छ । अमेरिका र भारत जस्तो आधुनिक सुविधा सम्पन्न देशहरुमा कोरोना संक्रमित बढेसँगै स्वास्थ्य सेवा पु¥याउन हम्मे हम्मे भईरहेको छ ।
सोमबार मात्र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमणको दोश्रो लहर डरलाग्दो ढंगले फैलन सक्ने आंकलन गरिएको बताएका छन् ।

यसतो अवस्थामा अमेरिका भारतको जस्तो स्वास्थ्य उपकरण तथा जनशक्ति नभएको नेपालमा कसरी कोरोना लहरसँग जुध्ने भन्ने कुनै योजना बनाइएका छैनन् । अस्पतालहरु पहिले जसरी सञ्चालन भई रहेका छन् त्यही गतिमा छन् । कोरोनाको दोश्रो लहरमा देखिएको युके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्टले बिरामीहरुलाई आईसीयुसम्म पुु¥याएको छ । जसले गर्दा आईसीयु भेन्टिलेटर संख्या अभाव भएको छ ।

कोरोनाको पहिलो लहरलाई नै थेग्न नसकेको नेपालका आईसीयु तथा भेन्टिलेटर संख्यामा कोरोनाको दोश्रो लहर आउँदा समेत खासै वृद्धि भएको छैन । पछिल्लो केही महिनायता प्रधानमन्त्री केपी शर्मा ओली देशमा विकास निर्माणका कार्यलाई तिब्रता दिएका छन् । गएको शनिबार मात्र २०७२ को भूकम्पले ढलेको धरहरा कै स्वरुपमा निर्माण गरिएको नयाँ धरहराको उद्घाटन समेत गरे । उनको विकास निर्माण प्रतिको लगाव र स्पिडलाई जनताले सराहना गरेका छन् ।

मेचम्चीको पानी काठमाडौं उपत्यकाको घरघरमा पु¥याएर पनि प्रधानमन्त्री ओलीले नेपाली जनताको मन जितेका छन् । अहिले भने जनता आफ्नो सरकारबाट कोरोना नियन्त्रणका प्रभावकारी काम हुने अपेक्षामा छन् । कोरोनाविरुद्धको खोपलाई सहज बनाउनुका साथै रोकथाम नियन्त्रणका लागि आवश्यक कदम तथा स्वास्थ्य उपकरणमा गुणात्मक तथा संख्यात्मक बृद्धि गर्न आवश्यक छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सुविधा सहितका अस्थायी कोरोना अस्पताल तथा दक्ष जनशक्ति अहिलेको आवश्यकता हो । सरकारले यसतर्फ ध्यान केन्द्रीत गर्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);