नेपाली समाजमा नैतिकता हराउँदै गयोः सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

नेपाली समाजमा नैतिकता हराउँदै गयोः सभापति देउवा

भाद्र १०, २०८१ सोमबार

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए ।

सोही विषयमा बोल्दै उहाँले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताउनु भयो । उहाँले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताउनु भयो । सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार