प्रधानमन्त्री पत्नी काँग्रेस नेतृ आरजु देउवाले धुमधामका साथ घरमा गौरा भित्राईन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री पत्नी काँग्रेस नेतृ आरजु देउवाले धुमधामका साथ घरमा गौरा भित्राईन

श्रवण देउवा
कैलाली । नेपाली काँग्रेसकी महिला नेतृ डा. आरजु राणा देउवाले धनगढीस्थित निवासमा गौरा भित्रायाइएकी छन् । आइतबारका दिन धनगढीस्थित देउवा निवासमा गौराको प्रतिमूर्ति भित्रायाइनुका साथै धुमधामका साथ पुजन गरिएको छ ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आइतबार बेलुकी धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गरेकी हुन् । उनीसँगै गौराको पूजाआराधनामा स्थानीय महिलाले पनि साथ दिएका थिए ।

गौराको पूजा अर्चनाका लागि कांग्रेकी नेतृ आरजु आइतबार दिउँसो काठमाडौंबाट धनगढी आइपुगेकी थिइन । पूजाअर्चना पछि देउवा निवासमै डेउडा खेलिएको थियो । डेउडा खेल्नका लागि देउवा निवासमा टेन्ट लगाइएको छ ।

देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको स्थानीय नेतृ प्रमिला लम्सालले बताइन् । यसै अवसरमा यहाँका महिला दिदीबहिनीसँग नेतृ आरजुले सामूहिक डेउडा खेलेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);