प्रधानमन्त्री ओली सामू कोरोना जित्ने अग्निपरीक्षा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रधानमन्त्री ओली सामू कोरोना जित्ने अग्निपरीक्षा (भिडियाेसहित)

कोरोना महामारीको दोश्रो लहरले भारतमा भयावह स्थिति बनिसकेको खबरहरु पढ्दापढ्दै नेपाल पनि सोही अवस्था पुग्ने लक्षण देखिन थालेको छ । विशेष गरी भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमण तिब्र बनेको छ । त्यसमा काठमाडौं उपत्यका र बाँके कोरोनाको ‘हटस्पट’ नै बनेको छ । दैनिक देशभर संक्रमित संख्याको करिव ५० प्रतिशत काठमाडौं उपत्यकामा मात्रै भेटिन थालेको छ भने बाँकेमा भने दैनिक मृत्यु हुनेको संख्या उच्च हुँदै गईरहेको छ ।

बाँकेमा पछिल्लो केही दिन यता हरेक दिन ५ भन्दा बढी संक्रमितको मृत्यु भईरहेको छ । यस्तो अवस्था सिर्जना भईसके पछि मात्र त्यहाँका स्थानीय निकायहरुको आखाँ खुल्न थालेको छ । अहिले बल्ल बाँकेका स्थानीय निकायहरु अक्सिजनसहितका अस्थायी आइसोलेशन सेन्टर निर्माणमा जुटेका छन् । यो कुराले सबैको मनमा प्रश्न उठ्न थालेको छ, ती स्थानीय निकायहरुले यो कदम केही साता अघि मात्र चालेको भए बाँकेको मृत्युदर अहिले जति नै हुन्थ्यो होला त ? यही अवस्था अहिले समग्र देश कै छ ।

अहिले एकातिर सरकार अन्य कामकाज मै व्यस्त छ भने अर्कोतिर प्रतिपक्षी दलहरु सरकार ढाल्नेमा नै केन्द्रीत छन् । अहिलेको अवस्थामा सत्तापक्ष बरालिए पनि प्रतिपक्षीले सरकारलाई ‘ट्रयाक’ मा ल्याउनु पर्ने हो । तर प्रतिपक्षी अहिले कोरोनाको महामारी बिर्सेर, जनतालाई बिर्सेर, जनताको पीडालाई बिर्सेर सरकार ढाल्ने र आफू कसरी सरकारमा जाने भन्नेमा केन्द्रीत छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पनि हालसम्म कुनै प्रभावकारी निर्णय तथा कार्यहरु गरेको देखिँदैन । सरकारले आजमात्र मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।

बैठकमा कोरोना नियन्त्रण तथा रोकथामका विषय छलफल हुने बताइएको छ । बैठकले कस्तो निर्णय गर्ला त्यो त कुर्नै पर्छ । सरकारले कोरोना कहरको एक वर्षको अवधिबाट पनि कुनै पाठ सिक्न नसकेको जनगुनासो बढीरहेको छ । गएको वर्षमा बढेको कोरोनाको पहिलो लहरमा भएका कमजोरीहरुलाई सरकारले दोश्रो लहरमा पनि दोहो¥याई रहेको छ । अमेरिका र भारत जस्तो आधुनिक सुविधा सम्पन्न देशहरुमा कोरोना संक्रमित बढेसँगै स्वास्थ्य सेवा पु¥याउन हम्मे हम्मे भईरहेको छ ।

सोमबार मात्र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमणको दोश्रो लहर डरलाग्दो ढंगले फैलन सक्ने आंकलन गरिएको बताएका छन् । यस्तो अवस्थामा अमेरिका भारतको जस्तो स्वास्थ्य उपकरण तथा जनशक्ति नभएको नेपालमा कसरी कोरोना लहरसँग जुध्ने भन्ने कुनै योजना बनाइएका छैनन् । अस्पतालहरु पहिले जसरी सञ्चालन भई रहेका छन्, त्यही गतिमा छन् । कोरोनाको दोश्रो लहरमा देखिएको युके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्टले बिरामीहरुलाई आईसीयुसम्म पुु¥याएको छ ।

जसले गर्दा आईसीयु भेन्टिलेटर संख्या अभाव भएको छ । कोरोनाको पहिलो लहरलाई नै थेग्न नसकेको नेपालका आईसीयु तथा भेन्टिलेटर संख्यामा कोरोनाको दोश्रो लहर आउँदा समेत खासै वृद्धि भएको छैन । पछिल्लो केही महिनायता प्रधानमन्त्री केपी शर्मा ओली देशमा विकास निर्माणका कार्यलाई तिब्रता दिएका छन् । गएको शनिबार मात्र २०७२ को भूकम्पले ढलेको धरहरा कै स्वरुपमा निर्माण गरिएको नयाँ धरहराको उद्घाटन समेत गरे । उनको विकास निर्माण प्रतिको लगाव र स्पिडलाई जनताले सराहना गरेका छन् ।

मेलम्चीको पानी काठमाण्डौं उपत्यकाको घरघरमा पु¥याएर पनि प्रधानमन्त्री ओलीले नेपाली जनताको मन जितेका छन् । अहिले भने जनता आफ्नो सरकारबाट कोरोना नियन्त्रणका प्रभावकारी काम हुने अपेक्षामा छन् । कोरोनाविरुद्धको खोपलाई सहज बनाउनुका साथै रोकथाम नियन्त्रणका लागि आवश्यक कदम तथा स्वास्थ्य उपकरणमा गुणात्मक तथा संख्यात्मक बृद्धि गर्न आवश्यक छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सुविधा सहितका अस्थायी कोरोना अस्पताल तथा दक्ष जनशक्ति अहिलेको आवश्यकता हो । सरकारले यसतर्फ ध्यान केन्द्रीत गर्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);