काठमाडौं । पशुपतिनाथको मन्दिरमा आजदेखि भक्तजनले पूजा गर्न नपाउने भएका छन् । दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पशुपति क्षेत्र विकास कोषले पूजामा रोक लगाएको हो ।
आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने पशुपति विकास कोषले जनाएको छ । यो सँगै पशुपतिमा नित्य पूजा हुने र सर्वसाधारणले पूजा गर्न नपाउने भएका छन् ।
सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पूजामा रोक लगाएको हो ।