ताप्लेजुङमा बन्दुकले हानी एक व्यक्तिको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ताप्लेजुङमा बन्दुकले हानी एक व्यक्तिको हत्या

झापा । भरुवा बन्दुकले हानी ताप्लेजुङमा एक व्यक्तिको हत्या गरिएको छ । ताप्लेजुङ मेरिङदेन गाउँपालिका–२ जिदिमाका २९ वर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका हुन् ।

बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अवस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थलबाट अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);