उत्तम रिजाल, झापा । बर्षासँगै परेको चट्याङमा परी मोरङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी–२ दलेली की ४३ बर्षीय सुकवती राजबंशी रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे ८ बजेतिर पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी उनी गम्भिर घाईते भएकी थिईन ।
घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर लगिएको थियो । उनको अस्पताल पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।