नेपालको पहिलो धार्मिक च्यानल भक्ति दर्शन टेलिभिजन एचडी नवौं वर्षमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपालको पहिलो धार्मिक च्यानल भक्ति दर्शन टेलिभिजन एचडी नवौं वर्षमा

काठमाडौं । पद्मा मिडिया ग्रुपद्वारा सञ्चालित भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन एचडीले आफ्नो गौरवमय आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ ।

नेपालको पहिलो धार्मिक तथा आध्यात्मिक च्यानल भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन एचडीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै औपचारिक कार्यक्रममार्फत् वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा बोल्दै पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेलले यस टेलिभिजन आध्यात्मिक सोचको विकास गर्न सहयोग पु-याउने बताए । टेलिभिजनले हालसम्म आध्यात्मिक क्षेत्रमा अब्बल कार्यक्रमहरु प्रसारण गरिरहेको र आगामी दिनमा यो अभियान अझ सशक्त रुपमा अगाडि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

पद्मा मिडिया ग्रुपले विसं २०६९ साल रामनवमीका दिनबाट भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन सञ्चालनमा ल्याएको हो । हाल एचडी प्रविधिमा प्रसारण भैरहेको यो टेलिभिजनले दर्शकहरुलाई आध्यात्मिकता तर्फ लाग्न प्रेरित गर्ने गरेको र आगामी दिनमा यो क्रम अझै बढ्ने विश्वास गरिएको छ ।

पद्मा मिडिया ग्रुप अन्तर्गत भक्तिदर्शन टेलिभिजन एचडीका साथै माउन्टेन टेलिभिजन एचडी र बिजनेस प्लस टेलिभिजन एचडी सञ्चालित छन् । यस्तै यो ग्रुपले ईमाउन्टेनटीभी डटकम अनलाइन पोर्टल समेत सञ्चालन गरिरहेको छ ।

यो पनि पढ्नुहोस

पद्मा मिडिया ग्रुपको तीनओटै टेलिभिजन एचडी प्रविधिमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);