एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् ।  १२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबारको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनुभएको हो ।

अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् । उहाँले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँका अनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजना अनुसार र पश्चिम एशियामा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताउनुभयो । उहाँले हाल संघमा करिव एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले सचिवालय व्यवस्थापन लगायतका निर्णय पनि गरेको शर्माले बताउनुभयो । नवगठित  कार्यसमितिको बैठक शुक्रवारसम्म बस्नेछ ।

Leave a Reply

ताजा समाचार