जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

काठमाडौं, ३० चैत । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन भएका छन् । जनकपुरधाममा सम्पन्न पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट राउतलाई अध्यक्ष चयन गरिएको हो ।

राउतको मात्र एकल उम्मेदवारी आए पछि उनी निर्विरोध चयन भएका हुन् । उपाध्यक्षमा मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन् ।

महासचिवका एकल उम्मेदवार चन्दनकुमार सिंह निर्वाचित भएका छन् । २३ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);