सीके राउत समुहको पार्टीको नाम 'जनमत पार्टी' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीके राउत समुहको पार्टीको नाम ‘जनमत पार्टी’

काठमाडौं, ४ चैत । सीके राउत समुहको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठकबाट पार्टीको नाम परिवर्तन गरी जनमत पार्टी राखिएको छ ।

सरकारसंग सम्झौता गरेको दुई सातापछि सीके राउत मुलधारकै राजनीतिमा होमिएका छन् । देश विखण्डनको नारा लगाउने राउत स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठकबाट पार्टीको नाम परिवर्तन गर्दै ३५ सदस्यीय केन्द्रिय समिति समेत चयन गरिएको छ ।

बैठकबाट पार्टीको नाम जनमत पार्टी राखिएको छ भने पार्टीको अध्यक्षमा राउत नै चयन भएका छन् । यस अघि स्वतन्त्र मधेस गठबन्धनका नाममा छुट्टै देशको अभियान चलाएका राउतले पार्टीको नाममा भने मधेस समेटिएको छैन ।

जनमत पार्टी निर्वाचन आयोगमा चाडै दर्ता गर्ने निर्णय भएको छ । पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको झण्डामा रातो, सेतो र हरियो रङको ठाडो धर्काकोबीच बीचमा सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।

पार्टीको चिन्ह अष्टदल राखिएको छ । दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा प्रवेश गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);