काठमाडौं, २४ चैत। एमालेका माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी बनाएको छ ।
बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा एक कार्यक्रम गरेर मंगलबार नेपाल–खनाल पक्षले समानान्तर प्रदेश कमिटीको घोषणा गरेको हो । नेपाल–खनाल पक्षले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा एक सय ७५ सदस्यीय कमिटी बनाएको हो ।
१० जनालाई पछि मनोनित गरिने सो पक्षले जनाएको छ । कमिटीका सदस्यलाई नेता नेपालले सपथ खुवाएका छन् ।
बैठकमा अष्टलक्ष्मी शाक्य,पशुपति चौलागाईं लगायत नेता सहभागी छन् । नेता खनाल पनि सहभागी हुने बताइएपनि हालसम्म सहभागी भएका छैनन् ।
आइ.एन.ए