नेपालमा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना निरर्थक होइन : बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

नेपालमा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना निरर्थक होइन : बास्कोटा

gokul baskota

काठमाडौं, २३ चैत। नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले विरोधको लागि विरोध नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले सरकारले गरेको विकासको परिकल्पना र कामको विरोध गर्नु विडम्बनापूर्ण भएको बताएका छन् ।

कृष्णप्रसाद भट्टराईले ३० वर्ष अघि देखेको मेलम्चीको पानी अहिले काठमाडौं आउँदा केपी ओलीले नेपालमा रेल ल्याउन देखेको सपना निरर्थक नहुने उनको भनाई छ ।

सरकारले गरेको काम हेर्न र सुन्न नसक्नेलाई कानमा रुवा हाल्न र आँखामा साउने चश्मा लगाउन उनले सुझाव दिए । ‘आरोपमा मात्र हामी समय खर्च नगरौँ, मेलम्चीको पानी जनताले टुटी खोलेर खान लागि सके’, उनले भने ।

वर्तमान सरकार काम चलाऊ सरकार नभएको बताउँदै ‘दिएको समर्थन फिर्ता लिन नसक्ने, अनि सरकारलाई काम चलाऊ, भन्ने ?’ बास्कोटाले प्रश्न समेत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);