बागलुङ घटनामा दोषीलाई कारवाही गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

बागलुङ घटनामा दोषीलाई कारवाही गर्न कांग्रेसको माग

बागलुङ, १६ चैत । बागलुङको बल्देधुरीमा होली खेल्ने क्रममा भएको झपडमा दुईजना युवाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेसले सोमबार विज्ञप्ती जारी गर्दै बागलुङ घटना अमानवीय र निन्दनीय भन्दै दोषीलाई कारवाही गर्न माग गरेको हो ।

घटना होली खेल्ने क्रममा भएको असमझदारी र आवेगको परिणाम हो वा योजनाबद्ध षड्यन्त्र भन्दै यसमा गहिरो अनुसन्धान गरी दोषीहरुलाई अविलम्ब पक्राउ गर्नुपर्ने माग विज्ञप्तीमा उल्लेख छ ।

आइतबार बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको झपडमा २ जनाको मृत्यु भएको हो ।

भिरबाट खसाल्दा निसीखोला–७ का ३८ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिएका छन्।

उनीहरुको शव नजिकैको भीरबाट चार सय मिटर तल भेटिएको छ। मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य हुन्।

घटनाको वास्तविक विवरण लिन, स्थानीयवासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुगिरहेको पनि विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);