काठमाडाैं, १५ चैत । नेकपा एमाले भित्रको आन्तरिक किचलोलाई स्पष्टिकरण प्रकरणले थप पेचिलो बनाएको छ ।
त्यसमाथि गत फागुन २८ गते भएको निर्णय फिर्ता हुनुपर्ने एमालेको नेपाल पक्षको माग र फिर्ता नहुने सत्ता पक्षको अडानको कारण विवाद सहजै सुल्झने अवस्था देखिँदैन ।
जसले गर्दा आम कार्यकर्ताले भने पार्टी फुटको दिशामा रहेको बुझ्नु पर्ने अवस्था छ ।