प्रताप दुलाल
काठमाडौं, १३ चैत । शुक्रबार ३ बजे नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बस्यो । बैठकमा पार्टीका असन्तुष्ट पक्षलाई पनि बोलाइएको थियो । तर असन्तुष्ट पक्ष बैठकमा सहभागी हुने वा नहुने टुंगो थिएन ।
तर, शुक्रबार नै नेपाल पक्षको बैठकले पार्टीमा विवाद नयाँ नियुक्ती र पदहरु खारेज भएको तर संसदीय दलमा अहिलेसम्म केही नभएकाले सहभागी हुनुपर्ने विषयमा एकमत जाहेर गरेपछि बैठक माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसदले सहभागी हुने निर्णय गरेका हुन् ।
सोही निर्णय अनुसार बैठकमा झलनाथ खनाल वामदेव बैठकमा सहभागी भए । तर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टार्गेटमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल भने बैठकमा सहभागी भएनन् ।
सोही निर्णय अनुसार बैठकमा झलनाथ खनाल वामदेव बैठकमा सहभागी भए । बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल तिर लक्षित गर्दै भने, ‘आजको बैठकमा नयाँ साथीहरु आउनुभयो ।’
अध्यक्ष ओलीको कटाक्ष सुनेपछि तत्कालै जुरुक्क उठेर वरिष्ठ नेता खनालले भने, ‘हामी नयाँ होइनौं, प्रतिगमनको विरोधमा लागेका पुरानै साथी हौं ।’
आफ्नो बोलीलाई निरन्तर दिएका नेता खनालले पार्टी विभाजनले कसैको पनि हित नगर्ने बताएको बैठकमा उपस्थित स्रोतले जानकारी दियो । आफ्नो भनाई राख्दै पार्टी विवाद समाधानका लागि २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरे ।
खनाल बोले लगत्तै बोल्नको लागि नेता वामदेव गौतमले पनि हाथ उठाए । तर उनलाई बोल्न दिइएन । उनका हात उठेका उठ्यै भए ।