काठमाडौं, ११ चैत । आवश्यक मात्रामा खोप नभएपछि कोरोनाविरुद्धको खोप अभियान बीचमै रोक्नुपरेको छ ।
नेपाल सरकारले भारतको सेरम इन्स्टिच्यूट कम्पनीलाई २० लाख डोज कोरोना खोपको मुल्य बुझाइसकेको छ, जस मध्ये दश लाख डोज खोप नेपालले आइसकेको छ ।
तर बाँकी खोप नआएकाले अभियान नै रोकियो । रोकिएको अभियान कहिलेबाट फेरि सुरु हुन्छ, त्यसको जवाफ स्वास्थ्य मन्त्रालयले दिन सकिरहेको छैन ।




