सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आज दिनभर बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार
काठमाडौँ, २३ असोज । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो झर्नेक्रम नरोकिएपछि मर्मतका लागि आज दिनभर बन्द गरिएको छ।
आज बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी मर्मत सुरु गरिएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले बताए।
तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाईसकेका छन्।
सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि पटक पटक सडक अवरुद्ध हुँदै आएको थियो। सवारीसाधन रोकिएपछि बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङतर्फ जाने र फर्कने यात्रु मारमा परेका छन्।