भूूकम्प पीडितलाई थपियो सुविधा : बन्दै गरेको घर धितो राखेर पाउनेछन् निर्ब्याजी ऋण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

काठमाण्डौँ, २३ असोज । सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि बन्दै गरेको घर धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेर धितो राखेर निर्ब्याजी ऋण लिन मिल्ने निर्णय गरेको हो ।
सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।

सरकारको यो निर्णयसँगै अब भूकम्प पीडितहरुले बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निर्ब्याजी ऋण लिन सक्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

मन्त्रीपरिषद बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ । सरकारले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ । सोही आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धि प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);