जर्मनीको शानदार जित, नर्वेसँग आएरल्यान्ड १-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

एजेन्सी, २३ असोज । रुसी विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको जर्मनीले समुह चरणको अन्तिम खेलमा फराकिलो गोल अन्तरले बिजयी भएको छ ।

जर्मनीको घरेलु मैदान सम्पन्न भएको सो खेलमा अजरबैजानलाई ५-१को फराकिलो गोल अन्तरले जित हासिल गरेको हो । खेलको पहिलो हाफ देखि नै अजरबैजानलाई दवाबमा राखेको जर्मनीका लागि लियोन गोरेट्काले सर्वाधिक २ गोल गरे भने स्यान्ड्रो वाङ्गटर, एन्टोनियो, रुडिगर र इम्री क्यानले समग्रमा ३ गोल गरेका थिए । रमिल सेदायवले अजरबैजानको लागि सान्त्वनास्वरुप एक गोल गरे ।

त्यसै गरि समुह ‘सी’ को अर्को खेलमा नर्वेसँग आएरल्यान्ड १-० ले पराजित भयो । पराजित भए पनि आएरल्यान्ड प्लेअफ चरणको लागि छनोट भएको छ । आएरल्यान्डका क्रिष ब्रन्टले खेलको ७१ औँ मिनेटमा आत्म घाती गोल गरेपछि नर्वेले एक गोलको जित हात पारेकोे हो ।

समुह ‘सी’ कै अर्को खेलमासान मारिनोमाथि ५-० को फराकिलो जित हात पारेको चेक रिपब्लिकले विश्वकपमा स्थान सुरक्षित गर्न सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);