वेष्ट इण्डीज विरुद्धको दोस्रो टी-२० क्रिकेटमा श्रीलंका विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

वेष्ट इण्डीज विरुद्धको दोस्रो टी-२० क्रिकेटमा श्रीलंका विजयी

एजेन्सी, २२ फागुन । वेष्टइण्डीज विरुद्धको ३ मध्ये दोस्रो टी ट्वान्टी क्रिकेट श्रीलंकाले जितेको छ । वेष्टइण्डीजको कोलिजमा आज बिहान सम्पन्न खेलमा श्रीलकाले घरेलु टोलीलाई ४३ रनले पराजित गरेको हो ।

यो खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनायो । श्रीलंकाका दनुस्का गुनातिलकाले ५७ र पतुम निसान्काले ३७ रन बनाए । वेष्टइण्डीजका ड्वाइन ब्राभोले २ विकेट लिए ।

जवाफमा वेष्टइण्डीजले १८ दशमलव ४ओभरमा १ सय १७ रन बनाउदा सबै विकेट गुमायो । घरेलु टोलीका ओबेड म्याकोएले २४ र लेन्डल सिमन्सले २१ रन बनाए । श्रीलंकाको जितमा हसरंगा डि सिल्भा र लक्सान सन्डाकनले ३–३ विकेट लिए ।

यो नतिजासँगै ३ खेलको टी ट्वान्टी क्रिकेट श्रृखला १–१ को अवस्थामा रहेको छ । पहिलो खेल वेष्टइण्डीले जितेको थियो । तेस्रो खेल सोमबार हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);