मोरङ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरी फुसका छाना हटाएर टिनका छाना लगाउन नगरपालिका तथा गाँउपालिकाहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार मोरङको उर्लावारीमा आयोजित विपन्नलाई घर हस्तन्तरण कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘नगरपालिका तथा गाँंपालिकाहरुले देर्शैभरी फुसका छाना हटाएर हटाएर टिनक छाना राख्नुस, त्यसको योजना ल्याउनुस त्यसमा कुनै कुराको कमी हुने छैन’ प्रधानमन्त्रीले भने ।