सरकारसँग वार्ता गर्न विप्लवले पनि बनायो वार्ता टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारसँग वार्ता गर्न विप्लवले पनि बनायो वार्ता टोली

काठमाडौं, १८ फागुन । सरकारसँग वार्ताका लागि प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो ।

यसअघि चन्द समूहसँग वार्ताका लागि सरकारले पनि मंगलबार नै गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा दुई सदस्य वार्ता टोली गठन गरेको केही बेर मै चन्द समूहले पनि वार्ता टोली सार्वजनिक गरेको हो ।

चन्द समूह स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको हो । वार्ताका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);