विष्णु रिमालको प्रश्न – ‘त्यो बेला जे गरेकाे, अहिले त्यसै गर्दा किन नहुने ?’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विष्णु रिमालको प्रश्न – ‘त्यो बेला जे गरेकाे, अहिले त्यसै गर्दा किन नहुने ?’

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले अहिलेको प्रतिनिधिसभा विघटनलाई २०५२ सालमा भएको संसद विघटनसँग तुलना गरेका छन् । उनले शनिबार ट्विटमार्फत अहिलेको अवस्थालाई २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनसँग तुलना गरेका हुन् ।

गएको मंगलबार प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै पुनर्स्थापनाको फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्दै टिप्पणी भईरहेको बेला सल्लाहकार रिमालले राजीनामा र नैतिकताका विषयमा यी दुई विघटनहरुको तुलना गरेका हुन् ।

त्यतिबेला मनमोहनले पनि पुनस्र्थापित संसद्को सामाना गरेको र अहिले पनि त्यहि गर्न किन नहुने भन्दै उनले आफ्नो ट्विटमा इंगित गरेका छन् ।

‘प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न ! यी बिषयमा प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं अहिले पनि छौं। त्यो बेला जे गरेका थियौं÷भनेका थियौं, त्यसै गर्दा अहिले चाहिँ नहुने किन रहेछ?’ उनले ट्विटमार्फत प्रश्न गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);